लिगको अन्तिम खेलमा टोटनह्यामको लज्जास्पद हार

एजेन्सी– इंलिस प्रमियर लिगका तीन खेल बाँकी हुँदासम्म उपाधिको दाबेदार रहेको टोटनह्याम अन्तिम खेलमा न्यूक्यसासाग भारी गोल अन्तरले पराजित हुँदै तेस्रो स्थानमा रहेर सिजन टुंग्याएको छ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको अन्तिम खेलमा टोटनह्याम १० खेलाडीमा सीमित भएको न्युक्यासलसँग ५–१ को लज्जास्पद हार व्यहोर्न बाध्य भयो।

रेलिगेशनमा परेको न्युक्यासलको जितमा जर्जिनियो विनाल्डमले २, अलेक्जेन्डर मिट्रोविच, रोनाल्डो आरोन्स र डेरियल माटले १(१ गोल गरे।

खेलको ६०औं मिनेटमा एरिक लामेलाले टोटनह्यामका लागि एक गोल फर्काए ।

अलेक्जेन्डर मिट्रोविचले खेलको ६७ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा सीमित भयो।

गएरातिको महत्वपूर्ण खेलमा हारेपछि तेस्रो स्थानमा झरेको टोटनह्याम दोस्रो स्थानको आर्सनल भन्दा एक तथा च्याम्पियन लिसेस्टर भन्दा ११ अंकले पछि रह्यो।

टोटनह्यामको लिगका सबै खेल सकिँदा ७० अंक रह्यो। यस्तै म्यान्चेस्टर सिटी ६६ अंकसहित चौथो स्थानमा रहँदा साउथहम्टन ६३ अंक सहित लिगमा पाँचौ भएर यो सिजन टुंग्यायो।