कुन–कुन माओवादी मिल्दै

जेठ २, काठमाडौं– विभाजित माओवादीका चार समूहबीच यसै साताभित्र एकता हुने भएको छ ।

सबभन्दा ठूलो समूह एमाओवादीसँग रामबहादुर थापा नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादवको नेकपा माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच एकता हुन लागेको हो ।

नेत्रविक्रम चन्दको नेकपा माओवादीका केही केन्न्दीय नेताहरु, जयपुरी घर्ती र कुमार दाहालको समूह पनि एकीकरणमा समावेश हुुने भएको छ ।

यसैबीच एकतापछिको पार्टी नाम, नयाँ नीति, नेतृत्व, कार्यक्रम र महाधिवेशनको मितिका विषयमा छलफल गरी एउटा निष्कर्ष निकालिनेछ। त्यस्तै, ६ वटै माओवादी पार्टीहरूको केन्द्रीय समितिको संयुक्त महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

बादलले ४ असार ०६९ मा एमाओवादीसँग सम्बन्ध बिच्छेद गरी अलग पार्टी बनाएका थिए । मणि थापा भने ०६२ मै अलग भएका थिए । अब ६ जेठमा काठमाडौंमा एकता पक्षधर सबै माओवादी पार्टीको संयुक्त अधिवेशन हुने र त्यही दिन महाधिवेशन आयोजक समिति बन्ने छलफलमा सहभागी एक नेताले बताएका छन् ।  (कान्तिपुर दैनिकबाट)