बजारमा तरकारीको भाउ छोइनसक्नु

जेठ २, काठमाडौं–उपत्यकामा हरियो तरकारीको भाउ असाध्यै बढेपछि उपभोक्तालाई दैनिकी चलाउन हम्मे हम्मे परेको छ।

खडेरीका कारण उत्पादन घटेपछि तरकारीको मूल्य साढे ३ सय प्रतिशतसम्म बढेर  भान्सा अचाक्ली महँगिएको उपभोक्ताहरु बताउँछन् ।

आलु, बन्दा, काउली, मुला, मटरकोसा, घिउसिमी, लौका, हरियो फर्सि, भिन्डी, साग लगायतका तरकारीको भाउ बढेपछि  उपभोक्ता मारमा परेका हुुन् । (नागरिक दैनिकबाट)