मधेसीपछि थारुमाथि भारतीय नजर

जेठ १, काठमाडौं–  मधेसकेन्द्रित आन्दोलनमा सोही क्षेत्रका प्रभावशाली आदिवासी थारुहरुको संलग्नता न्यून र उदासीनता देखिएको बेला उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक र वाहृय प्रयास हुन थालेका छन्।

वैशाख १४ देखि १६ गतेसम्म चितवनको सौराहामा सम्पन्न अन्तर्राष्ट्रिय थारु सम्मेलनमा नेपालका विभिन्न भागहरूसँगै भारतबाट पनि थारूहरु सहभागी थिए।

उक्त सम्मेलनको दुई सातापछि भारतको उत्तरप्रदेशअन्तर्गत लखिनपुर खिरीमा सहकार्य र समन्वयका साथ रोटीबेटीका सम्बन्ध भएका समुदायहरुसँगै अघि बढ्नुपर्ने निर्णय गरिएको त्यहाँ सहभागी स्रोतले जनाएको छ ।

थारुहरु भारतका लागि मधेसीजत्तिकै नजिक भएको स्पष्ट संकेतमात्र दिइएन, आगामी दिनमा सरकारद्वारा दिइने छात्रवृत्तिसँगै विशेष विकास योजना थारुहरुप्रति लक्षित हुने आश्वासन दिइएको उक्त सम्मेलनमा भारत सरकारका प्रतिनिधिको पनि संलग्नता थियो ।

केहि समय अघि चितवन सम्मेलनमा भारतका तर्फबाट थारु समुदायको उत्थानका लागि थारु संग्रहालयलाई ५ करोड रुपैयाँ छात्रवृत्तिलगायत सहायता दिने घोषणा गरिएको थियो । (अन्नपूर्ण पोष्टबाट)