नयाँ ट्राफिक जरिवाना तत्काल कार्यान्वयन नहुुने गृहमन्त्रीको भनाई

जेठ १, काठमाडौं–  आजदेखि लागू हुने भनिएको नयाँ ट्राफिक जरिवाना कार्यान्वयन अन्योलमा परेको छ। गृहमन्त्री शक्ति बस्नेतले शुक्रबार नयाँ जरिवाना कार्यान्वयन नहुने बताएपछि नयाँ जरिवाना लागू गर्न ट्राफिक प्रहरी अन्योलमा परेको हो।

यातायात व्यवसायी तथा मजदुरसँगको छलफलमा गृहमन्त्री बस्नेतले नयाँ जरिवाना लागू नहुने बताएका हुन्। तर प्रहरी प्रधान कार्यालयले जेठ १ देखि सोंधित यातायात व्यवस्था ऐन अनुसार जरिवाना लागू गर्न सर्कुलर गरिसकेको छ। गत असोजमा नै सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरिएकोमा ट्राफिक प्रहरीले पछि मात्र जानकारी पाएपछि लागू गर्न लागेको हो। (नयाँ पत्रिका दैनिकबाट)