प्रसुति गृहको टेस्ट्युब बेबी सेवा वर्ष दिनेखि अवरुद्ध

वैशाख ३०, काठमाडौं– गत वर्षको भूकम्पछि बन्द रहेको परोपकार प्रसुति ‘टेस्ट्युब बेबी’ सेवा अझै सञ्चालनमा आउन सकेको छैन।

सरकारी स्तरमा पहिलोपटक प्रसुति गृहले आईभीएफ प्रविधिबाट यो सेवा सञ्चालनमा ल्याएको छ ।

भूकम्पका कारण अस्पतालका भवनहरुमा क्षति पुगेपछि यो सेवा अवरुद्ध भएको हो।

सेवा सञ्चालनमा नआएकै कारण निःसन्तान दम्पतिहरू महंगा निजी अस्पतालमा चर्को शुल्क तिरेर टेस्ट्युब बेबीको सुविधा लिन बाध्य छन्।

भूकम्पका कारण ६२ शय्याको भवनमा क्षति पुग्दा टेस्ट्युब बेबीसम्बन्धी सबै सेवा ठप्प भएको प्रसुति गृहले जनाएको छ।

२०७१मा प्रसुति गृहले सेवा सुरु गरेयता २७ दम्पति टेस्ट्युब बेबी पाइसकेका छन्। भूकम्पको केही दिअघिसम्म पाँच निःसन्तान महिलाले सेवा लिन शुल्क तिरिसकेका थिए। तर, सेवा सञ्चालनमा नआउँदा उनीहरु निराश बनेका छन्।

टेस्ट्युब बेबीका लागि प्रसुति गृहले एक जनाबाट १ लाख ६० हजार रूपैयाँसम्म शुल्क लिन्छ। (कारोबार दैनिकबाट)