उपेन्द्र यादवद्वारा मोर्चाको कार्यक्रम बहिस्कार

बैशाख २८, सप्तरी–
संघीय गठबन्धनको नाममा जारी आन्दोलनका क्रममा सप्तरीको राजविराजमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले ‘मधेसी मोर्चा सप्तरी’को कार्यक्रम बहिष्कार गरेको छ ।
गठबन्धनअन्तर्गत सोमबार राजविराजमा भएको सभालाई संघीय समाजवादी फोरम नेपालले बहिष्कार गरेको हो । अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा जिल्ला अध्यक्ष दिनेश यादव र केन्द्रीय सदस्य शैलेन्द्र साहले मधेसी मोर्चा सप्तरीको कार्यक्रम बहिष्कार गरेको जनाइएको छ ।
राजविराजको सभा गर्ने जिम्मेवारी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले पाएको थियो । संघीय समाजवादी फोरम नेपालले संघीय गठबन्धनको ब्यानरमा सभा गर्नुपर्ने प्रस्ताव राखेको थियो भने सद्भावना पार्टीले मधेसी मोर्चा सप्तरीको ब्यानरमा गर्न भनेपछि बिबाद उत्पन्न भएको हो ।
मधेसी मोर्चा सप्तरीमा स्थानीय एघार राजनीतिक दल आबद्ध छन् । सभामा संघीय समाजवादी फोरम नेपाल बाहेकका दश दल सहभागी भइ मन्तव्य राखेका थिए ।