ओली र प्रचण्डका विरुद्ध सर्वोच्चमा रिट

बैशाख २८, काठमाडौं–  सरकार संचालनका लागि पछिल्लो समय नेकपाएमाले र एकीकृत माओवादीबीच भएको नौबुँदे सहमतिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता अनन्त लुइँटेल र रुद्र पाठकलगायतका अधिवक्ताले प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
एमाले र एमाओवादीबीच हालै भएको नौबुँदे सहमतिले संक्रमणकालीन न्याय, मानव अधिकार र न्यायपालिकाको स्वतन्त्रताको समाप्त गरेको आरोप लगाइएको छ ।
सरकार, प्रधानमन्त्री ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले तथा एमाओवादी पार्टीलाई विपक्षी बनाएर दायर भएको रिटमा नौबुँदे सम्झौता सम्झौता खारेजको माग गरिएको छ ।