राष्ट्रिय गौरबको हुलाकी सडक निर्माण कार्य रोकियो

वैशाख २७, धनगढी–रुख कटानीको स्वीकृति नदिइएपछि कैलाली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी सडकअन्तर्गतको वसन्ता वन क्षेत्रको भागमा सडक निर्माण कार्य रोकिएको छ ।
वसन्ता वन क्षेत्रको दुई किलोमिटर लामो भागमा पर्ने रुख कटानीको स्वीकृति वन मन्त्रालयले नदिँदा निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर महेन्द्रराज पन्तले बताए ।

उक्त क्षेत्रमा सडक निर्माण रोकिएपछि निर्माणमा संलग्न भारतीय निर्माण कम्पनी जी आर गावर, जिएलपी (सडक मर्मत र सम्भार)का लागि मात्रै बसिरहेको जनाइएको छ ।