छाउपडी न्यूनीकरण अभियानले महिलाको स्वास्थ्यमा सुधार

वैशाख २७, जुम्ला– आत्मसम्मानका लागि सहकार्य (क्याड)ले जुम्लामा प्रारम्भ गरेको छाउपडी न्यूनीकरण अभियानले महिलाको स्वास्थ्यमा सुधार ल्याएको छ ।

नेपालको मध्य तथा सुदूरपश्चिमका ग्रामीण भेकमा अहिले पनि महिला छाउ गोठमा बस्दै आएका छन् ।

तथापि यो बाध्यताबाट जुम्लाका महिला भने माथि उठ्न सफल भएका छन् । मानवअधिकार उलङ्घनसँग जोडिएको सामाजिक कुप्रथा अन्त्य गर्न क्याड जुम्लाले विगत चार वर्षदेखि थालेको छाउपडी न्यूनीकरण अभियानबाट महिलाको स्वास्थ्य अवस्थामा सुधार आएको अधिवक्ता मीनबहादुर महतले बताए ।

सरकारले जारी गरेको छाउपडी उन्मूलन निर्देशिका, २०६४ सुषुप्त अवस्थामा छ, त्यो कार्यान्वयनमा आउनु पर्दछ–उनले भने ।