मन्त्री फेर्ने तयारीमा एमाओवादी

बेशाख २६, काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने निर्णय फिर्ता लिएरको एकीकृत माओवादीले सरकारमा सहभागि मन्त्री फर्ने तयारी गरेको छ । सरकार संचालनका लागि एमालेसँग ९ बुँदे सहमति गरेको एमाओवादीले एक साता भित्रै मन्त्री फर्ने जनाइएको छ ।

पदाधिकारीले गरेको निर्णयले सिंगो पार्टीभित्रबाट चर्को आलोचना भइरहेको बेला एमाओवादीले मन्त्री परिवर्तन गर्ने गृहकार्य गरेको हो। सात महिना बितिसक्दासमेत सरकारमा सहभागी ८ मन्त्रीहरुले जनताको समस्यालाई सम्बोधन गर्ने गरि काम गर्न नसकेको भन्दै फिर्ता बोलाउने तयारी भइरहेको एक नेताले बताए। नेपाल समाचारपत्रबाट