स्थानीय निकायको निर्वाचन गराउन रिट दायर

वैशाख २२, काठमाडौँ– स्थानीय निकायलाई निर्वाचित जनप्रतिनिधिमार्फत सञ्चालन गर्न गराउनका लागि तत्काल निर्वाचनको मिति घोषणा गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

अधिवक्ताहरु डा चन्द्रकान्त ज्ञवाली, परशुराम उपाध्याय, बिमल ज्ञवाली र लीलाधर उपाध्यायले दायर गरेको रिट निवेदनमा स्थानीय तहको निर्वाचनको मिति घोषणा नहुँदा संविधानको कार्यान्वयन तथा सरकार स्वयम्बाट सार्वजनिक प्रतिबद्धता कार्यान्वयन नहुने भएको र जनताको निर्वाचित सरकारबाट शासित हुने नैसर्गिक अधिकार हनन हुने भएकाले शीघ्र निर्वाचनको मिति घोषणा गर्न माग गरिएको छ ।

सो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाली काँग्रेस तथा संसदमा विपक्षी दलको नेता, स्थानीय विकास मन्त्रालय निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको छ ।