एमाओवादीले खोज्यो सरकारको विकल्प

वैशाख २१, काठमाडौं– सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल एकीकृत नेकपा माओवादीले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै त्यसको विकल्प खोज्न थालेको छ।
महासचिव कृष्णबहादुर महरा वर्तमान सरकारका पूर्णरुपमा असफल भएको ठम्याईसहित विकल्प खोज्न सक्रिय रहेको स्रोतको दाबी गर्दे आजको नागरिक देनिकमा प्रकाश तिमल्सिनाले खबर लेखेका छन्।
उनले सरकारमा सहभागी नभएका केही साना दलका नेतासँग सरकार परिवर्तनका विषयमा छलफलसमेत थालेका छन्।
एमाले नेतृत्वमा सरकार गठन गर्न एमाओवादीले गरेको आठबुँदे सम्झौता कार्यान्वयन नभएको, सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको, भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षाकृत काम गर्न नसकेको एमाओवादीको निष्कर्ष छ।
‘हामीले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, कालोबजारी नियन्त्रण र भूकम्पपछिको पुनर्निर्माणलगायत विषयमा सामुहिक छलफल गर्न एक महिना अगाडि एमालेलाई पत्र पठाएका थियौं,’ एमाओवादी सचिव वर्षमान पुनले भने, ‘आजका मितिसम्म एमालेले कुनै जवाफ दिएको छैन।’
संविधान कार्यान्वनय मधेस मुद्दा सम्बोधन, भुकम्प पछिको पुननिर्माण लगायत मुख्य समस्या समाधानमा सरकार उदासिन देखिएको भन्दै माओवदीले सरकारको कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएको छ।