नेपाली मजदुर विदेशमा अपमानित हुनु दुखद् : प्रचण्ड

बैशाख १९, काठमाडौं–
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुर अपमानित हुनु दुखद् रहेको बताएका छन् । कामको सिलिसिलमा विदेशिएका मजदुरहरु अपमानित हुनुपरेको भन्दै त्यसले नेपाली मजदुरको स्वभिमानका ठुलो चोट पुगेको उनले बताए ।
आईतबार राजधानीमा १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको मजदुर सभालाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘विदेशमा रहेका नेपालीको स्वभिमानमा ठुलो चोट पुगेको छ, रोजागारी खोज्न गएका कामदार अपमानित हुन लज्जाको विषय हो ।’ हेटौंडा जस्ता धेरै औधोगिक क्षेत्र बन्द हुँदा नेपाली युवालाई स्वदेशमै रोजागारी दिन नसकिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी बन्द भएका उद्योगहरु खुलाउन संघर्ष गरिरहेका छौं, बन्द भएका उद्योग खुलेमा नेपालमै ठुलो संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ ।’ ‘नयाँ संविधानमा मजदुरका केही अधिकार संस्थागत गरिएको छ,संस्थागत हुन नसकेका मजदुर अधिकारको सन्दर्भमा हाम्रो पार्टीले रिजर्भेशन राखेको छ’ प्रचण्डले भने, ‘मजदुरले पाउनुपर्ने जायज अधिकारका लागी हामीले नयाँ संविधानमा संसोधन प्रस्ताव राखेका छौं ।’ नयाँ संविधानका उपलब्धि कार्यान्वयनका लागी मजदुरले संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘मजदुरको सहभागीतामा नेपालमा पुँजिवादी जनवादी क्रान्ति सफल भयो, अब शहरबाट समाजवादी क्रान्ति शुरु गर्दै छौं ।’ शहरबाट समाजवादी क्रान्ति शुरु गर्ने उद्घोष गरेका प्रचण्डले त्यस्तो क्रान्ति सफल बनाउन गाउँको भुमिका सहयोगी मात्र हुने उल्लेख गर्र्दै ठुला शहर र जिल्ला सदरमुकामहरुको भुमिका मुख्य हुने दावी गरे । उनले भने, ‘अब समाजवादमा पुगेपछी मात्रै सामाजिक न्याय हाँसिल गर्न संभव छ ।’ मजदुर सभा शुरु हुनुअघी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा भृकुटीमण्डपबाट शुरु भएको जुलुश सुन्धारा, न्युरोड हुँदै शान्तिबाटीका पुगेको थियो । सभालाई मजदुर नेता शालिकराम जम्कट्टेलले पनि संवोधन गरेका थिए । सभालाई संवोधन गर्दै मजदुर नेता शालिकराम जमकट्टेलले मजदुहरुले हिनतावोध गर्नुपर्ने अवस्था नभएको उल्लेख गर्दै समाजवादी क्रान्तिको नेतृत्व मजदुरहरुले गर्नुपर्ने बताए । (