काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने: सभापति देउवा

वैशाख १६, काठमाडौ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले अझ सक्रिय र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले काँग्रेस अहिले सरकार गिराउने र बनाउने चलखेलमा नलागेको स्पष्ट पारे ।
भूकम्पपछिको पुनर्निर्माण र भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन संसद्मा जोडदार कुरा उठाउने उनले बताए ।
पत्नी आरजु राणा देउवाको उपचारका लागि यही वैशाख ६ गते भारत प्रस्थान गर्नु भएका सभापति देउवा आज स्वदेश फर्किएको भए पनि श्रीमती राणा भने दिल्लीमै उपचारार्थ छिन्् । श्रीमतीको उपचारका लागि गएका बेला आफ्नो पनि नाकको उपचार गरेको सभापति देउवाले जानकारी दिए । भारतमा रहँदा उनले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए ।