कांग्रेस सभापति देउवा स्वदेश फर्किदै

वैशाख १५, काठमाडौ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किदैछन्।

पत्नी आरजु राणा देउवाको उपचारका लागि नयाँ दिल्ली गएका देउवा बुधवार स्वदेश फर्कन लागेका हुन्।

देउवा अपरान्ह साढे तीन बजे जेट एयरलाइन्सको विमानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको देउवाको निजी सचिवालयले जनाएको छ।

देउवा पत्नी आरजुको उपचारका लागि भन्दै गत वैशाख ६ गते भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए। देउवा पत्नी आरजुको भारतको हरियाणास्थित फोट्जि अस्पतालमा हिप रिप्लेसमेन्ट सर्जरी गरिएको छ।

आरजु भने फलोअपका लागि अझै तीनसाता दिल्लीमै रहनेछिन्। भारतमा रहँदा देउवाले भारतीय विदेशमन्त्री शुष्मा स्वराजबाहेक अन्य राजनीतिक भेटघाट भने गरेनन्।