बाघको आक्रमणबाट एकजनाको मृत्यु

वैशाख १३, काठमाडौं–डोटीमा बाघको आक्रमणबाट ५५ वर्षीय जगदिशको ज्यान गएको छ।

भारत हिमाञ्चल प्रदेशको काँगडा घर भई हाल दिपायल सिलगढी नगरपालिका–७ कुलपातेमा बस्दै आएका  जगदिशको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बोधराज ओझाले दिए।

ओक्राका अनुसार जगदिश भद्रकाली रोजिन एण्ड टर्पेनटाईन कम्पनीका कार्यरत थिए। बाघको आक्रमणबाट ज्यान गुमाएका जगदिशको शब सोमवार बिहान क्षतविक्षत अवस्थामा भेटिएको ओझाले जानकारी दिए।

मृतकको शब पोष्टमार्टमका लागि डोटी जिल्ला अस्पताल पुर्या‍इएको छ।