ललितकला प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठाने ललितकला तथा अन्य विधाका विभिन्न कलाकार तथा सञ्चारकर्मीलाई सम्मानित गरेको छ ।
वरिष्ठ कलाकारद्वय हरिप्रसाद शर्मा र नोर्बु लामालाई अरनिको राष्ट्रि ललितकला प्रज्ञा सम्मान ग¥यो । ललितकलाका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका उनीहरुलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो ।
यसैगरी आधुनिक चित्रकलातर्फ इशान परिया, परम्परागत चित्रकलाबाट कर्म याङ्गेल लामा, आधुनिक मुर्तिकलाबाट विजय महर्जन, परम्परागत मुर्तिकलाबाट जीवन महर्जन, हस्तकलाबाट रामकृष्ण सुवाल, लोककलाबाट पुनम कुमारी दास, वास्तुकलाबाट राजु श्रेष्ठ, अन्य सृजनात्मक कलाबाट आशिष जोशीले राष्ट्रिय ललितकला पुरस्कार पाए । उनीहरुको पुरस्कार राशी ५१÷५१ रुपैया राखिएको थियो ।
विशेष पुरस्कार अन्र्तगत आधुनिक चित्रकलामा प्रदिप पल साउद, विक्कुकुमार थापा, रविन्द्र श्रेष्ठ, परम्परागत चित्रकलामा रितेश शाही, महेश्वर डंगोल, आधुनिक मुर्तिकलामा तमबहादुर पुन, सप्तराज बज्राचार्य, परम्परागत मुर्तिकलामा रमेश शाक्य, महेश शाक्य, हस्तकलामा पुरुषोत्त बज्राचार्य, लक्ष्मण मण्डल, लोक कलामा अराधना चौधरी, भागवती सिंह, अन्य सिर्जनात्मक कलामा संयुक्त श्रेष्ठ, सौरगंगा दर्शनधारी, रविन्द्र श्रेष्ठ र  रविन्द्र मानन्धरले पाए ।
त्यस्तै, विभिन्न क्षेत्रीय विशेष पुरस्कार अन्र्तगत पश्चिमाञ्चलबाट मनोज तामाङ, पुर्वाञ्चलबाट माधव पौडेल, सुदुरपश्चिमाञ्चलबाट रमेश कडायत, मध्यमाञ्चलबाट कमल प्रजापति र ढुप्साङ लामाले पुरस्कार पाए । जसको पुरस्कार राशी २१ हजार राखिएकोछ । यसैगरि कान्तिपुर राष्ट्रिय दैनिककी संवाददाता मधु शाही र नागरिक दैनिकका दिपेन्द्र लामाले ललितकला पत्रकारीता पुरस्कार पाए भने अशोकमान सिंहले राष्ट्रिय ललितकला लेखन पुरस्कार पाए । यि तीन वटै पुरस्कारको राशी जनही २१ हजार रुपैया राखिएकोछ । विशेष, राष्ट्रिय र क्षेत्रीय पुरस्कार राज्यमन्त्री बल बहादुर महतले हस्तान्तरण गरेका थिए  । राष्ट्रपतिले कला क्षेत्रले नै राष्ट्रको गरिमा बढाउने भएकाले यसको संरक्षण र प्रर्वद्धनका लागि राजधानी केन्द्रित नबनाई विभिन्न जिल्लास्तर सम्म पुग्न जरुरी रहेको बताइन् । प्रतिष्ठानकी कुलपति रागीनि उपाध्यायले भुकम्पबाट ग्रहसीत प्रतिष्ठानको कार्यलयको अवस्था नाजुक भएको जानकारी गराइन्  । साथै उनले राष्ट्रिय अमुल्य कला, सिर्जनाको संरक्षण गर्न एउटा राष्ट्रिय म्युजियमको खांचो भएको बताइन् । उनले यसका लागि प्रतिष्ठानले काम अगाडी बढाउन थालेको पनि सुनाइन् । राष्ट्रिय ललितकला प्रर्दशनीमा विभिन्न विधाका मुर्ति, चित्र, आधुनिक कलाहरु राखिएका छन् ।