पञ्जावलाई हराउँदै कोलकाता आईपीएल क्रिकेटको शीर्ष स्थानमा

एजेन्सी– किंग्स–११ पञ्जावलाई हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग ९आईपिएल० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ।

गएराति भएको खेलमा कोलाकाता किंग्स इलाभेन पञ्जावलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो।

किंग्स इलाभेन पञ्जावले दिएको एक सय ३९ रनको लक्ष्य कोलकाताले १७ दशमलव १ ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो।  कोलाकाताका रोविन उथप्पाले सर्वाधिक ५३ रनको योगदान दिए। उनले २८ बलमा ९ चौका प्रहार गर्दै ५३ जोडेका हुन्।

यस्तै कप्तान गौतम गाम्भीरले ३४, मनिष पाण्डेले १२ तथा साबिक अल हसनले ११ रन जोड्दा सुर्यकुमार यादव ११ र युशुभ पठान १२ रनमा नटआउट रहे।

पञ्जावका अक्सर पटेल र प्रदीप साहुले २–२ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जावले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो। पञ्जावका लागि उसका शोन मार्सले नटआउट ५६ रन बनाए। यस्तै मुरली विजयले २६ रन जोडे भने केल एबोट १२ रनमा नटआउट रहे।

जितसँगै चार खेलमध्ये तीनमा जित हातपारेको कोलकाता ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो। तीन खेल खेलेको गुजराज लाइन्सको पनि ६ अंक छ तर ऊ रनरेटका आधारमा दोस्रो स्थानमा छ।