जलाएर भाईको हत्या गरेको अभियुक्तलाई अदालतको सफाई

वैशाख ६, सुनसरी–सम्पतीको लोभमा आफ्नै भाईलाई जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका दाजुलाई जिल्ला अदालत सुनसरीले सफाई दिएको छ ।

सुनसरीको चर्चीत सुभास काफ्ले हत्या प्रकरणका मुख्य दोषी एवम् उनकै दाई रमेश काफ्लेलाई जिल्ला अदालत सुनसरीले आइतबारको फैसलाले सफाई दिएको हो ।
न्यायधिस देबेन्द्र पौडेलेको एकल इजलासले कर्तव्य ज्यानमा सुनसरीको झुम्का स्थित क्षेत्रीय कारागार रहेका रमेशलाई सफाई दिएको छ ।
तिन बर्ष अघि सुभासको शव कोशी राजमार्ग अन्तर्गत सुनसरीको हाँसपोसा स्थित चारकोशे जंगलमा जलेको अबस्थामा फेला परेको थियो । खनारमा हत्या गरि जंगलमा लगेर सुभासलाई जलाईएको थियो ।

सम्पतिमा लोभिएर सुभासलाई आफ्नै दाजु रमेशले हत्या गरेको दावी गदैं सुभासकी पत्नी ममता काफ्ले बजगाईले ०७१ वैशाख १९ गते जेठाजु रमेश, छिमेकी सुुभास गौतम र रमेशका गाडी चालक नरेश चौधरी विरुद्ध इलाका प्रहरी कार्यलय इटहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर रमेश फरार रहदै आएका थिए । उनी पूर्व क्षेत्रीय प्रहरी कार्यालयको पहिलो नम्बर मोष्टवान्डेड सूचीमा थिए ।
काफलेलाई काठमाडौको गोठाटारबाट प्रहरीको गत पुस ११ गते प्रहरीको टोलीले पक्राउ गरेको थियो ।
तर जिल्ला अदालतले सुभासको हत्यामा उनका दाजु रमेशको कुनै हात नरहेको भन्दै सफाई दिएको छ । रमेशलाई अदालतले सफाई दिएपछि र सुभास हत्याको दोषी को हो भन्ने बिषयमा फेरी शंका उब्जिएको छ ।