बालबालिकाको नाटक प्रतिभा

काठमाडौं–१५ दिने नाट्य अभिनय सिकेका १० बालबालिकाले आफ्नो प्रतिभालाई आशु नाटकमार्फत् प्रस्तुत गरे ।
सुन्धारास्थित काठमाडौं मलमा रहेको थियटर मलको प्रस्तुतीमा उनीहरुले सिकेका नाट्य अभिनयलाई प्रस्तुत गरेका हुन् ।
५ वर्षदेखि १० वर्ष उमेर समूहका आकार, कियान, कुसुम, अरबिन्द, सुलभ, कोमल, अनिस, अविनव, आभाष र अर्पणले आफ्नो प्रतिभालाई जोडि बनाएर देखाएका हुन् ।
उनीहरुको अभिनय कला हेरिसकेपछि बालसाहित्यकार शान्तदास मानन्धर, खगेन्द्र सँग्रौलालगायतले उनीहरुको प्रतिभाको खुलेरै प्रशंसा गरे । बालबालिकालाई पनि अवसर दिएमा उनीहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउन सकिने उनीहरुको भनाई थियो ।