चार पूर्वलाई नबोलाउने भइन् विपाशाले आफ्नो बिहेमा

एजेन्सी– आगामी अप्रिल ३० मा विहे गर्न लागेकी बलिउड अभिनेत्री विपाशा बासुले आफ्ना चार जना पूर्व प्रेमीलाई आफ्नो विवाहमा नबोलाउने निर्णय गरेकी छिन् ।

बलिउड अभिनेता एवं दुई श्रीमतीसँग डिभोर्स गरिसकेका करण सिंह ग्रोवरसँग विहे गर्न लागेकी विपाशाले चारै जना पूर्व प्रेमीलाई विहेमा नबोलाउने निर्णय गरेकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार विहेको तयारी जोडतोडका साथ भइरहेको छ । आफन्त, नातेदार, बलिउडका चिने जतिका स्टारलाई निमन्त्रण दिने काम पनि भइरहेको छ । तर, विहे समारोहका पाहुनाको लिष्टमा मिलिन्द सोमण, हरमन बावेजा, जोन अब्राहम र डीनो मोरियाको नाम छैन् ।

यी चारै जना बिपाशाका पूर्व ब्वाईफ्रेण्ड हुन् । जोसँग विपाशाले एकसमय खुलेरै मस्ती गरेकी थिइन् ।

स्रोतका अनुसार जोन अब्राहम विहेको दिन एकदमै टाढा हुनेछन् । र अन्य प्रेमीसँग पनि विपाशाको बोलचाल नै छैन् ।