नेपालप्रति अनुचित चासो राख्ने काम उचित होईनः सञ्चारमन्त्री राई

वैशाख ५, काठमाडौं–सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले नेपालप्रति अनुचित चासो राख्ने काम उचित नभएको भनि टिप्पणी गरेका छन ।
एक कार्यक्रममा उनले अमेरिकाले सार्वजनिक गरेको मानवअधिकार प्रतिवेदनमा नेपालमा अझै पनि मानवअधिकारको प्रत्याभुत हुन नसकेको भनि उल्लेख गरेको विषयमा टिप्पणी गर्दै त्यस्तो बताएका हुन ।
मन्त्री राईले भने,‘ नेपालको बारेमा अनुचित चासो राख्ने काम उचित होईन । बस्तुगत अवस्था भन्दा भिन्न ढंगले नेपालमा अभाव छ, असुरक्षा छ, मानवअधिकारको उल्लघन भएको छ भनि टिप्पणी गर्नु जायज होईन । ठिक ढंगले बस्तुगत धरातलमा रहेर टिप्पणी गर्नु पर्छ । गलत मनसायले गर्ने टिप्पणीको सरकारले खण्डन गर्छ ।’
उनले थपे, हामी सबैसँग मित्रवत सम्बन्ध राख्न चाहन्छौ । सबैको सद्भाव र सहयोगबाट समृद्धि गर्न चाहन्छौ ।’
मन्त्री राईले भारत र यूरोपियन यूनियनले ब्रसेल्समा जारी गरेको संयूक्त बक्तब्यमा सरकारले तत्काल आपत्ति जनाएपछि सच्याईसकेको उल्लेख गर्दै नेपालको मानवअधिकारको विषयमा अमेरिकाले गरेको टिप्पणीमा सरकारको गंभिर ध्यानआर्कषण भएको बताए ।
उनले भने,‘ नेपालमा अहिले कुनै किसिमको हिंसा र द्धन्द छैन ।  नेपाल अहिले संविधानको कार्यान्वयन, भुकम्पपछिको पुनःनिर्माण, बजेर र नीति तथा कार्यक्रमको तयारीमा छ । संघीयताको कार्यान्वयनमा छौ । यस्तो अवस्थामा यस्तो टिप्पणी जायज छैन ।’
मन्त्री राईले संविधान जारी भएपछि देश भित्र र बाहिर भ्रम छरिएकोमा एक महिने अभियान चलाएर सरकारले देशभित्रको भ्रम चिरेको दावी गर्दै अहिले देशभित्र संविधानको विषयमा कुनै भ्रम नरहेको बताए ।