नेपालको पहिलो जित, नामिबिया ५ विकेटले पराजित

काठमाडौं–विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नामिबियाविरुद्ध नेपालले ५ विकेटले विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १९६ रनको चुनौति पछ्याएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

शरद भेष्वाकर र विनोदको ८४ रनको साझेदारीमा नेपालले १७ बलअघि नै जित हात पारेको  हो ।
राम्रो सुरुवात गरेपनि मिडिल अर्डरमा केही धर्मराएको नेपाली ब्याटिङ लाइनलाई शरद भेषवाकर र विनोद भण्डारीले सम्हाले । उनीहरुले १४।३ ओभरमा ८४ रनको अभिजित पार्टनरसीप गरे ।

यस्तै विनोद भण्डारीले पनि अभिजित ४० रन बनाए। ४९ बल खेलेका भण्डारीले ३ छक्का र एक चौका प्रहार गरे।

नामिबियाका एसएफ बर्गर र जी स्याइमनले समान २,२ विकेट लिए भने जेट जोर्निवाल्डले एक विकेट लिए ।

यसअघि टस जितेर व्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर १९५ रन बनाएको थियो । उसका लागि फारेल बर्गरले सर्वाधिक ३८ रन बनाए ।

नेपालका लागि वसन्त रेग्मीले ३, सोमपाल कामीले २, कप्तान पारस खड्का र सन्दिप लामिछानेले १–१ विकेट लिए ।