हङ्ककङ् नेपाली अल्पसंख्यक संगठनका अध्यक्षमा नविन घमाल

हङ्ककङ् नेपाली अल्पसंख्यक संगठनको नयाँ कार्यसमितिको अध्यक्षमा नविन घमाल, उपाध्यक्ष गुमानसिंह परियार, सचिव गोविन्द विके, सह–सचिव भीमराज कामी, कोषाध्यक्ष दिपक रसाइली छन् । सदस्यहरुमा कर्ण विके, कृष्ण विके, रुद्र घमाल, विकास नेपाली, रमेश विके, सुनिल घमाल, सुरज परियार, गोपाल सेवा र प्रवीण बराली रहेका छन् ।
संगठनको सातौँ महाधिवेशन तथा नेपाली नयाँ वर्ष २०७३ का अवसरमा आयोजित कार्यक्रममा रात्री भोज तथा विभिन्न साँस्कृतिक कार्यक्रमको समेत गरिएको थियो ।
हङ्ककङ् सरकारबाट ‘चिफ एक्जेक्युटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस अवार्ड’ द्वारा सम्मानित संगठनका पूर्व अध्यक्ष अशोककुमार गहतराज सुनारलाई अभिनन्दन समेत गरियो ।
उक्त कार्यक्रममा पूर्व अध्यक्ष सुनारले प्रस्तुत गरेको संगठनको सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गरिएको थियो ।
कार्यक्रममा प्रमुख अथितिका रुपमा बमबहादुर विश्वकर्मा रहेका थिए भने अन्य अथितिहरुमा डिल्लीराम विश्वकर्मा, पूर्ण परियार, राजु विश्वकर्मा, लोकेन्द्र परियार र मोहन विश्वकर्माको उपस्थिति रहेको थियो ।
संस्थाको बारेमाः
सन् २००२ मा स्थापित भएको उक्त संगठन हङ्ककङमा विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएको छ । संगठनले विशेष गरी दलित समुदायको हकहितका क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।
अघिल्लो कार्यसमितिले गरेका विभिन्न कार्यअन्तर्गत अँग्रेजी नयाँ वर्ष २०१३ का अवसरमा चुनमुनस्थित क्याफे वान वीचमा बीबीक्यु कार्यक्रमको आयोजना गरेको थियो । यसैगरी नयाँ वर्ष २०७० को अवसरमा जोर्डनस्थित इन्डिया क्लबमा नयाँ वर्ष मनायो । संगठनका पूर्व अध्यक्ष राजु बराइलीको सहयोगमा न्यू अराइभल नामक गैर सरकारी संस्थाको प्रयोजनमा १२० जनालाई निःशुल्क डिस्नेल्यान्डको भ्रमणमा लगेको थियो ।
सन् २०१६ को अप्रिल ९ मा संगठनले पाठेघरसम्बन्धी गोष्ठी एवम् निः शुल्क स्वास्थ्य परीक्षणको आयोजना गरेको थियो । संगठनको फेसबुक एकाउन्टमार्फत् १०७ जना म्युचुअल फ्रेन्ड बनायो ।
संगठनले महिला दिदीबहिनीका लागि भनेर जुनियर ब्युटिसियन तालिमको समेत व्यवस्था गरेको थियो । संगठनका सल्लाहकार किशोर महराका भतिज मिलन महराको निधन भएपछि संगठनका तर्फबाट हङ्कङ् डलर १० हजार ५०० प्रदान गरियो ।
यस्तै समाजका सदस्य पूर्णकुमार सुनारको निधन भएपछि उनको परिवारलाई हङ्कङ् डलर २१ हजार हस्तान्तरण गरिएको थियो । गत वर्ष वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पका बेला संगठनले नेपाली रुपैँया करिब चार लाख ४९ हजार संकलन गरी सहयोगस्वरुप नेपाल पठाएको थियो ।
भूकम्पमा परी निधन भएकाहरुको सम्झनामा १३ आँै दिन मैनबत्ती प्रज्वलन गरी मृतकप्रति सम्मान प्रकट गरियो ।
नेपालस्थित दलित एकता समाजमार्फत् संगठनले दोलखामा रहेका ८२ घरधुरी दलित परिवारलाई राहतस्वरुप रु एक लाख १४ हजार ८ सयको ब्ल्यांकेट तथा म्याट्रेस प्रदान गरेको थियो ।
यसैगरी नुवाकोट बुधसिंहमा रहेका दलित परिवारलाई समेत ब्ल्यांकेट तथा म्याट्रेस प्रदान गरेको थियो ।
पूर्वअध्यक्ष अशोककुमार गहतराज सुनारको व्यक्तिगत सहयोगमा पर्वत जिल्ला ठानामौलामा भूकम्पबाट क्षतिग्रस्त सरस्वती प्राथमिक विद्यालयको २ कोठे भवन पुनः निर्माण कार्य भएको छ । उक्त विद्यालय पुनः निर्माणका लागि नेपाली रुपैँया २७ लाख लागत परेको थियो ।
संगठनका प्रकाशनहरुः
१.देवेन्द्र नेपालीका बुवाको श्रद्धान्जली प्रकाशन
२.बराह ज्वेलर्सका मालिक स्वर्गीय इन्द्र लामगादेको श्रद्धान्जली प्रकाशन
३.संगठनका सल्लाहकार किशोर महराका भतिज प्रोगेस परियारको श्रद्धान्जली प्रकाशन
४.हाम्रा समाजका सदस्य शान्तकुमार विके को श्रद्धान्जली प्रकाशन
५.हाम्रा संगठनका भूपू उपाध्यक्ष श्री प्रेम सेन्चुरीका जेठा छोरा दिप सुनारको श्रद्धान्जली प्रकाशन
६.हाम्राा संगठनका भूपू अध्यक्ष टंकप्रसाद कामीकी धर्मपत्नी शांती विकेको श्रद्धान्जली प्रकाशन
७.हाम्रा समाजका सदस्य पूर्णकुमार सुनारको श्रद्धान्जली प्रकाशन
८.हाम्रा संगठनका सल्लाहकार किशोर महराका भतिज मिलन महराको श्रद्धान्जली प्रकाशन