आईपीएल क्रिकेटः कोलकाताद्वारा दिल्ली डेयरडेभिल्स ९ विकेटले पराजित

एजेन्सी– इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले पराजित गरेको छ।

गएराति इडन गार्डेनमा भएको खेलमा दिल्ली डेयरडेभिल्सले दिएको ९९ रनको चुनौती कोलकाता नाइट राइडर्सले १४ दशमलब १ ओभरमा एक विकेटको गुमाएर भेट्टायो। उसका लागि उथप्पाले ३५ रनको योगदान दिए भने कप्तान गौतम गाम्भीर ३८ र मनिष पाण्डे १५ रनमा नटआउट रहे।

दिल्ली डेयरडेभिल्सका लागि अमित मिश्रले एक विकेट लिए।

यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको दिल्ली डेयरडेभिल्सले १७ दशमलब ४ ओभरमा अलआउट हुँदै ९८ रनमात्र जोडेको थियो।

उसका डी ककले १७, सन्जु सामसनले १५ तथा पवन नेघी र क्रिस मोरिसले समान ११–११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

दिल्लीलाई सस्तैमा समेट्न कोलकाताका आर्दे रसेल र ब्राड हगले सर्वाधिक ३–३ विकेट लिए भने जोन हास्टिङ र पियुसले समान २–२ विकेट लिएका थिए।