साताभित्रै सबै उपभोक्तालार्इ पुग्ने गरी ग्यास बाँडिने

चैत २९, काठमाडौं–  ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीच ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन्।

आयात बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका तीन जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्राहकलाई एकैपटक भाग पुग्ने गरी वितरण गर्ने योजना बनाएका हुन्।

नेपाल एलपी ग्यास उद्योग संघको पहलमा भक्तपुर, ललितपुर र काठमाडौंमा क्षेत्र विभाजन गरेर २७ कम्पनीबम ग्यास एकैपटक बिक्री गर्ने तयारी छ। सोमबार भक्तपुरबाट सुरु हुने यो अभियान अन्तर्गत एक सातामा राजधानीका सबै उपभोक्ताले एकपटक ग्यास पाउने व्यवस्था मिलाएको संघका अध्यक्ष शिव घिमिरेले बताए।

‘बिक्रेताकहाँ ग्राहक पुग्ने गरी ग्यास पठाउँछौं, घिमिरेले भने,‘एकपटक हरेकको घरमा ग्यास पुग्नेछ।’ संघले नाकाबन्दीपूर्व जुन विक्रेताबाट ग्यास ल्याएको हो, उसैकहाँ सम्पकए राख्न ग्राहकलाई आग्रह गरेको छ। (नागरिक दैनिकबाट)