अप्रिल ३० मा विपासाको विवाह

एजेन्सी– लामो समयदेखी अड्कल काटिदै आइएको विपासा वसुको विवाहको खबरले औपचारिक्ता पाएको छ। अभिनेत्री विपासाले यसै महिनाको अप्रिल ३० तारिखका दिन प्रेमी एव्म अभिनेता करन सिंह ग्रोभरसँग विवाह गर्ने भएकी छिन्।

एक विज्ञप्ति जारि गर्दै उनले आफ्नो विहेको आधिकारिक घोषणा गरेकी हुन्। विज्ञप्तिमा उनले भनेकी छन्, ुहामी यो सुखद समाचार सबैसँग कुरा बाँड्न पाउँदा खुशी छौं। ३० अप्रिल हाम्रो लागि ठूलो दिन हुँदैछ। हामीप्रतिको परिवार, साथी, प्रशंसक तथा शुभेच्छुकहरूले गरेको माया र सहयोगलाई धन्यवाद मात्र दिन सक्दैनौ।ु

सो विज्ञप्तिमा उनहरूको विवाह निजी किसिमले सम्पन हुने बताइएको छ। उनीहरूले बिहे गर्ने खबर बाहिरिसँगै उनीहरूलाई बधाईको ओइरो लागेको छ। उनीहरू ुओलोनु फिल्मबाट एकअर्कासँग नजिकिएका थिए।