इन्धन चाहिएजति आउँछ तर किन सहजै पाइँदैन ?

चैत २६, काठमाडौं– भारतको नाकाबन्दी खुलेको दुई महिना बितिसकेको छ। अहिले खपतअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट  इन्धन आयात पनि भएको छ।न तर बजारमा हवाई इन्धनबाहेक अन्य पेट्रोलियम पदार्थको आपूर्ति सहज छैन।  तुलनात्मक रुपमा पेट्रोल र मट्टितेल आपूर्ति सहज भए पनि डिजेल र ग्यासको हाहाकार छ।

निगम प्रवक्ता मुकुन्द घिमिरेले मुलुकभर मानअनुसार दैनिक पेट्रोल १२ लाख लिटर, डिजेल ३१ देखि ३२ लाख लिटर र हवाई इन्धन ६ लाख लिटर वितरण भइरहेको जानकारी दिए। ‘अहिले इन्धन आयातमा कुनै समस्या छैन,’ घिमिरेले भने, ‘तर डिजेल अभाव छ। पेट्रोल र हवाई इन्धनमा समस्या छैन।’

इन्धन आपूर्ति सहज बनाउन गृह मन्त्रालयमा आइतबार भएको बैठकले उद्योग, होटल, रेस्टुरेन्टलगायतले बढी मौज्दात राख्दा डिजेल अभाव भएको निष्कर्ष निकालेको छ। ‘व्यावसायिक उपभोत्तःाले फेरि पनि अभाव हुने आशंकामा ाचहिनेभन्दा धेरै डिजेल मौज्दात राखेकाले अभाव भएको हाम्रो निष्कर्ष छ,’ घिमिरेले भने।

उपत्यकामा सामान्य अवस्थामा डिजेल चार लाख ५० हजार लिटर खपत हुन्छ तर अहिले दैनिक ६ लाख लिटर वितरण भइरहेको घिमिरेको दाबी छ।

इन्धन आपूर्ति कम भएर कालोबजारी बढ्नुमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का नै जिम्मेवार रहेको आरोप लागेको छ। सरकारले वैकल्पिक मार्गबाट इन्धन ल्याउन निर्देशन दिएपछि मात्र उनले ग्लोबल टेन्डर गरेका थिए।

टेन्डरबाट विराट पेट्रोलियमलाई भारतको सिक्किमबाट पेट्रोल र डिजेल ल्याउन उनले २० करोड रुपैयाँ पेस्कीदिएका थिए। मनोमानी ढंगले विराटलाई तेल ल्याउन पेस्की दिएको विषय विवादमा तानिएपछि विराटले तेल ल्याउन गरेको सम्झौता तोड्यो।(याँ पत्रिका दैनिकबाट)