‘ब्ल्याक टी’ का आश्चर्यजनक फाइदा

कालो चिया अर्थात् ब्ल्याक टी संसारभर नै उपभोग हुन्छ । कुनै देशमा चिनीजस्ता गुलियो पदार्थ हालेर पिउने चलन छ भने कुनै देशमा केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन् भने भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केही मानिसले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन् । कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि न्यून मात्रामा पाइन्छ । बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ । के–के छन् त ब्ल्याक टीका फाइदा, जानौं ः
मुटु जोगाउँछ

मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ । यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा कार्डियोभास्कुलर डिजिज लाग्ने सम्भावना कम हुन्छ ।

डाइरिया रोक्छ

कालो चियामा भएको क्षारीय गुणका कारण पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ ।
दम

तातो झोलपदार्थले प्रायजसो दमका रोगीहरुलाई आराम दिन्छ । यसले दमका रोगीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ ।
पाचन समस्या हटाउँछ

यसमा पाइने विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर गर्छन् । यसले पाचन प्रणालीमा भएका समस्या हटाउँन मद्दत गर्छन् ।
कोलेस्टेरोल घटाउँन मद्दत गर्छ

अमेरिकन हर्ट एशोसियसनले गरेको अनुसन्धानमा जसले नियमित रुपमा कालो चिया सेवन गर्छ, उसमा खराब कोलेस्टेरोल घटेको पाइएको थियो । यो खराब कोलेस्टेरोल हृदयाघातको मुख्य कारण मानिन्छ ।
स्तन क्यान्सर हुन दिँदैंन

ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ । यस्तै, कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ । साभारः स्वास्थ्यखबर पत्रिका