मापसे गरेर हल्ला गर्ने ३ जोडी पक्राउ

चैत २२, ललितपुर – महानगरीय प्रहरी वृत्त सातदोबाटोले मादक पदार्थ सेवन गरी छिमेकीलाई आतंकित पार्ने ६ जनालाई पक्राउ गरेको छ। जसमा ३ जना महिला छन्।

ललितपुर १४ महालक्ष्मीस्थानबाट  काभ्रे भुम्लाटार गाविस वडा नं ५ घर भई हाल ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं १४ महालक्ष्मीस्थान बस्ने बर्ष ४० को नबराज बुढाथोकी, सिन्धुली सप्तेश्वरी गाविस वडा नं १ घर भई हाल ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका शंखमुल बस्ने बर्ष २७ को रोमियो कर्माचार्य पक्राउ परेका हुन्।

सिन्धुली महादेवस्थान गाविस वडा नं ४ घर भई ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं १५ सातदोबाटो बस्ने बर्ष १९ की सलिना तामाङ,चितवन  टाडीपर्सा गाविस वडा नं ९ घर भई हाल ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं १५ सातदोबाटो बस्ने बर्ष २३ की ज्ञानु चौधरी, ताप्लेजुङ नाङ्खुलाङ गाविस वडा नं ३ घर भई हाल ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं १४ महालक्ष्मीस्थान बस्ने बर्ष २३ की सपना राई, र गोरखा बालुवा गाविस वडा नं ५ घर भई हाल ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं १४ महालक्ष्मीस्थान बस्ने बर्ष १७ की रोशनी लामालाई पक्राउ गरिएको डिएसपी तारा थापाले जानकारी दिईन।

मध्ये रातमा मादक पदार्थ सेवन गरी स्थानिय सर्वसाधारण मानिसहरुलाई समेत असर पर्ने गरी होहल्ला गरी स्थानिय छरछिमेकलाई आतकिंत बनाएको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको उनले बताईन ।