आगलागीमा आधा दर्जन घर नष्ट

चैत २२, सिरहा– सिरहाको कल्याणपुर–९ मा आगलागी हुँदा आधा दर्जन घर जलेर नष्ट भएका छन्।

गएराति कल्याणपुर–९ स्थित ववन सिंहको घरबाट सुरु भएको आगलागीबाट उनको दुई वटा, स्थानीय राजकुमार सिंहको तीन वटा घर र ललन सिंहको एउटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट ववन सिंहको थ्रेसर मेसिन, अन्नपात, भाडावर्तनलगायतका सामान जलेर नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।