न्युनतम पारिश्रमिक बृद्धिका लागि भएको सिफारिस कार्यन्वयन गर्न छलफल

चैत १९, काठमाडौं –सूचना तथा सन्चार मन्त्री शेरधन राईले श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक बृद्धिका लागि भएको सिफारिस कार्यन्वयनका लागि  सरोकारवालाहरुसँग छलफल अघि बढाएका छन् ।

न्युनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस अनुसार पत्रकारहरुको न्युनतम पारिश्रमिक व्यवहारमा कार्यन्वयनका सन्दर्भमा मन्त्री राईले ठूला सन्चारगृहका लगानीकर्ताहरुसँग विहिवार परामर्श गरेका हुन् ।
मिडिया सोसाइटीसँगको छलफलमा मन्त्री राईले सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसलाई बलजफ्ति लागु गराउने भन्दा पनि सरोकारवालाहरुसँगको छलफलबाट प्राप्त सुझाबका आधारमा सबैलाई मान्य हुने खालको तलबमान तोक्ने पक्षमा रहेको प्रष्ट पारे ।

मन्त्री राईले श्रमजिवी पत्रकार ऐन कार्यन्वयन र न्युनतम पारिश्रमिक बृद्धि गर्ने सन्दर्भमा सकारात्मक ढंगले सघाउन लगानीकर्ताहरुलाई आग्रह गरेका थिए ।