निर्माण व्यवसायी महासंघको केन्द्रिय साधारणसभा शुरु

चैत १७, चितवन– भुकम्प र नाकाबन्दी पछिको निर्माणको अबस्थाबारे समिक्षा गर्न देशभरका एक हजार बढी निर्माण व्यवसायीहरु चितवनको रत्ननगरमा भेला भएका छन् ।
कार्यक्रमको उद्घाटन समारोह भने अबको केही बेरमा हुने निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष तथा कार्यक्रमका सहसंयोजक होमकुमार आचार्यले जानकारी दिए ।
यही चैत १८ गतेसम्म दुईदिन चल्ने साधरणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री आउने भएपछि रत्ननगर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यक्रममा उपप्रधानमन्त्री विजय गच्छदारको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

महासंघको १८औ साधरणसभासँगै सोही अबसरमा रजत जयन्ती शुभारम्भ सहित सम्मान तथा पुरस्कार वितरण समारोह पनि हुने आयोजकले जनाएको छ ।
साधारणसभा चितवन घोषणापत्र जारी गर्दे १८ गते सौराहामा समापन गरिने निर्माण व्यवसायी संघ चितवनका द्धितिय उपाध्यक्ष उमानन्द कँडेलले जानकारी दिए ।