एमालेमा विभागको मनोनयन अझै टुंगो लागेन

चैत १७, काठमाडौं– नेकपा (एमाले) को स्थायी कमिटीको आजको ३५ औँ बैठकमा पनि केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे निर्णय हुन सकेन।

प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको बैठकमा सो कार्यसूचीमाथि मङ्गलबारको स्थायी कमिटीको निर्देशनबमोजिम केन्द्रीय सचिवालयले रातिसम्म लगाएर गरेको गृहकार्यसहितको प्रस्तावमा प्रस्तुत भए पनि निर्णय हुन सकेन।

विभागका सदस्य चयन गर्दा सबै पक्षसँग परामर्श अपुग भएको भन्दै आलोचना भएपछि निर्णय हुन नसकेको हो ।

प्रधानमन्त्री ओली चितवनको कार्यक्रममा जानुपर्ने भएकाले बैठक लम्बिने भएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन भएको केन्द्रीय सचिवालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

बैठकमा चीन भ्रमणबारे उनले आफ्नो बैठकमा जानकारी गराउनुभएको थियो भने भ्रमण ऐतिहासिक भएको ठहर गरिएको छ। प्रधानमन्त्री ओलीले चीन भ्रमणमा दुई देशबीच यातायात तथा पारवहन सम्झौतालगायतका सम्झौता भएको र भ्रमण समग्रमा सफल रहेको बताएका थिए।