बेलायती राजकुमार ह्यारी आज स्वदेश फर्किदै

चैत १७, काठमाडौं – नेपालको औपचारिक भ्रमण सकेर बेलायती राजकुमार हृयारी आज स्वदेश फर्किदै छन् ।

गत चैत ६ गते नेपालको औपचारिक भ्रमणका लागि आएका ह्यारी आज राति कतार एयरवेजको विमानमार्फत बुधवार राति  ९ः१५ स्वदेश फर्किने कार्यक्रम छ।

पाँच दिने नेपाल भ्रमणका लागि आएका ह्यारीले थप ६ दिन आफ्नो भ्रमण लम्ब्याएका थिए।

नेपालमा बसाइका क्रममा राजकुमार ह्यारीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका थिए। यसैगरी ह्यारीले भूकम्पले क्षति पुर्याएको ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रसहित बर्दीया, भक्तपुर, लम्जुङ, गोरखा र पोखराको भ्रमण गरेका थिए।

ह्यारीले भूकम्पले क्षति पुर्याएको गोरखाको लापुबेसीमा रहेको प्रभातकिरण माविको पुनर्निर्माणको काममा समेत सहयोग गरेका थिए।