माओवादी एकता पहलःवैद्य समूहमै दुई धार

चैत १५, काठमाडौं– एमाओवादीसँगको एकताको विषयलाई लिएर क्रान्तिकारी माओवादीमा अध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर थापा बादल नेतृत्वका दुई धार देखा परेको छ।

दुवैले एकताको अनिवार्यतामा जोड दिएका छन्। तर तत्कालै एकता गरिहाल्ने कि केही समय सैद्धान्तिक छलफलबाट एकता प्रक्रियामा जाने भन्नेमा वैद्य र बादल समूहबीच मतभेद देखिएको छ। वैद्य सैद्धान्तिक विषयको टुंगो लगाएर एकता गर्नु पर्ने पक्षमा छन् भने बादल तत्काल एकता गरिहाल्नु पर्ने अडानमा छन्।

केन्द्रीय समितिको जारी बैठकमा बैद्य र बादलले छुट्टाछुट्टै प्रस्ताव पेस गरेका छन्। दुई दिनदेखि तिनै प्रस्तावमा केन्द्रित रहेर सदस्यहरुले विचार प्रकट गरिरहेका छन्। बैद्यले नयाँ जनबादी क्रान्तिको तयारी गर्नु पर्नेमा जोड दिइका छन्।

महासचिव बादलले भने समाजका अर्धसामन्ती चरित्र परिवर्तन भइसकेकाले नयाँ जनवादी क्रान्ति नभनीकन अन्य मोडलबाट आन्दोलनलाई अघि बढाउन सकिने विचार अघि सारेका छन्। (कान्तिपुर दैनिकबाट)