राजनीतिक नियूक्ती नलिने बारका प्रत्यासीको घोषणा

चैत १४, काठमाडौं– आगामी चैत्र २० गते नेपाल बार एसोसिएनको नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनका प्रत्यासीहरुले मधेस समस्याको समाधान र संविधान कार्यान्वयनको लागि आ आफ्नो समूहले भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
एक साक्षात्कारमा बृहद लोकतान्त्रिक समूहका अध्यक्ष पदका प्रत्यासी शेरबहादुर केसीले मधेस समस्या समाधानकोलागि न्यायपूर्ण आवजसहित दवाव सृजना गर्ने प्रतिबद्धता ब्यक्त गर्दै समस्या समाधानमा मध्यस्थताको भूमिका निर्वाह गर्ने बताए ।
उनले संविधान कार्यान्वयनकोलागि राजनीतिक दल र राज्यका संयन्त्रको प्रमुख भूमिका हुने भए पनि बारमा आफ्नो नेतृत्व आए त्यसकोलागि सकारात्मक भूमिका खेल्ने स्पष्ट पारे ।
केसीले स्वतन्त्र न्यायपालिका र विधीको शासनकोलागिलागि एक्टिभ बार आवश्यक हुने भन्दै अहिले एक्टिभ बार नहुँदा स्वतन्त्र न्यायपालिका ईतिहासमै सबैभन्दा संकटपूर्ण अवस्थामा पुगेको दावी गरे ।
न्यायपरिषदको सदस्यमा एक ब्यक्तिलाई रोक्दा संबैधानिक अंगलाई लंगडो बनाईएको भन्दै  अहिले बाधा अडकाउ फुकाउबाट न्यायधिस नियूक्तीको खेल भईरहेकोले त्यसको विरुद्ध आन्दोलन गर्ने घोषणा गरे ।
उनले भने,‘ हाम्रो नेतृत्व बारमा आए स्वतन्त्र न्यायपालिकामा कुनै पनि किसिमको आच आउन दिदैनौ । विगतमा भएका गल्ती सुधार गरेर न्यायपालिकासँग मिलेर काम गर्छौ ।’
उनले आफ्नो समूह बारको काम बाहेक महान्यायधिवक्ता र न्यायसिध सहित कुनै पनि पदमा नियूक्त नहुने घोषणा गर्दै बारले जुनसुकै सरकार भए पनि स्थायी प्रतिपक्षको रुपमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
बृहद प्रगतिशिल समूहका अध्यक्ष पदका प्रत्यासी विजयकान्त मैनालीले पेशागत सस्थाको रुपमा रहेको बारलाई राजनीतिबाट मुक्त गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सामाजिक अभियन्ताको रुपमा मुलुकको संविधान कार्यान्वयन र मधेसको समस्या समाधानकोलागि मध्यस्थताको भूमिका खेल्ने स्पष्ट पारे ।
उनले भने,‘ मधेसको समस्या समाधानमा तटस्थ र मध्यस्थ बनेर संविधानको कार्यान्वयनकोलागि बारले भूमिका खेल्नु पर्छ  । विगतमा भएका कमजोरीहरु सच्याउँदै राम्रा कामहरुलाई अगाडि बढाउँदै बारलाई पेशागत सस्थाको रुपमा विकास गर्नु पर्छ ।’
मैनालीले बारले पेशागत मान्यता स्थापित गर्न नसके सामाजिक अभियन्ताको रुपमा अन्य भूमिका खेल्न नसक्ने भन्दै अहिले सोही कारणले बारले कुनै पनि विषयमा स्पष्ट स्टाण्ड लिन नसकेको धारणा राखे ।
उनले आफ्नो उम्मेदवारी न्यायपालिकासँगको सम्बन्ध सुधार, न्यायपालिकाको भ्रष्टाचार नियन्त्रण गरेर न्यायपालिकामा प्रोफेसनल म्यानर स्थापना र अदालत प्रतिको आस्था बृद्धिको पक्षमा भएको भन्दै बारको अध्यक्ष भए कुनै पनि राजनीतिक पदमा नियूक्त नहुने घोषणा गरे ।