अबको काम मुलुकको आर्थिक सम्बृद्धि र विकासमा केन्द्रित हुनेःमन्त्री राई

चैत १२, काठमाडौ–सूचना तथा सञ्चारप्रविधि मन्त्री शेरधन राईले वर्तमान सरकार जनताको समर्थन र नैतिक बलमा टिकेकाले अबको काम मुलुकको आर्थिक सम्बृद्धि र विकासमा केन्द्रित हुने बताएका छन् । रेडियो नेपालका व्यवस्थापन सुधार कार्यन्वयन कार्ययोजना सिंहदवारमा सार्वजनिक गर्दै मन्त्री राईले जनताको नैतिक वलकै साथले अघोषित नाकाबन्दी समेत सरकारले सामना गर्न सकेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल हुनुले नेपालको विकासको बहुआयामिक ढोका खुलेको भन्दै मन्त्री राईले नेपाल दुई ठूला छिमेकीसँगको सम्बन्धलाई नयाँ उचाईमा लैजान प्रयत्नशील रहेको बताए । आफूले नयाँ ढंगले काम गर्न चाहेको भन्दै मन्त्री राईले चाँडैनै रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण सेवामा लैजान ऐन मस्यौदा अघि बढेको जानकारी दिए । सो अबसरमा सन्चार मन्त्रालयका सचिव एबम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष दिनेश थपलियाले कार्य योजना अनुसार रेडियो नेपाल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।