मधेसी नेतासँग भारतीय राजदूतको लन्च मिटिङ

चैत १२, काठमाडौं– भारतीय राजदूतद रन्जित रेले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्षहरुसँग लन्च मिटिङ गरेका छन्।

नयाँ संविधानप्रति विमति जनाउँदै तराई मधेसमा आन्दोलनरत मोर्चाका नेतालाई लैनचौरस्थित भारतीय दूतावासमा बोलाएर छलफल गरिएको घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उक्त भेटघाटमा राजनीतिक विषयमा छलफल नभएको जनाएका छन्।‘होलीको शुभकामना आदान प्रदान गर्ने मात्रै काम भयो, अरु त्यहाँ केही भएन, महतोले भने।’

उनका अनुसार मोर्चा सम्बद्ध सचिवालयले भने शुक्रवार बैठक बसी आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्दैछ। राजदूत रेले मोर्चाआबद्ध तराई मधेसकेन्द्रीत सातै दलका नेतालाई लैनचौर बोलाएका थिए। (नागरिक दैनिकबाट)