एमाओवादी उपाध्यक्ष श्रेष्ठको नाकको शल्यक्रिया

चैत ११, ललितपुर– एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशको नाकको हड्डी र पिनासको शल्यक्रिया गरिएको छ।

नाक बन्द हुने र साँस फेर्न गाह्रो हुने समस्या देखिएपछि धापाखेलस्थित सुमेरु अस्पताल भर्ना भएका श्रेष्ठको बुधवार राति शल्यक्रिया गरिएको हो।  नेता श्रेष्ठको नाकको दुईवटा प्वालको बिचमा रहेको हड्डी बाङगिएको र पिनास पनि बढेको पाइएकाले अत्याधुनिक दुर्विन प्रविधिमार्फत हेरेर शल्यक्रिया गरिएको श्रेष्ठको उपचारमा संलग्न नाक, कान तथा घाँटी रोग विशषेज्ञ डा अजित नेपालले जानकारी दिए।

नाक बाङ्गिनुका साथै पिनासबाट पीडित श्रेष्ठको नाक बन्द, निद्रामा धेरै घुर्ने र राति एक्कासी साँस फेर्न गाह्रो हुने समस्या थियो। श्रेष्ठको नाकको बाङ्गिएको हड्डी सोझ्याउनुका साथै पिनासको अपरेशन गरिएको र स्वास्थ्यमा सुधार आउन केही समय लाग्ने छ।

श्रेष्ठलाई डिस्चार्ज गर्न अझै केही दिन लाग्ने वताइएको छ।