केरूङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बनाइदिन चीन तयार

चैत १०, काठमाडौं– चीनले नेपालको आग्रहलाई स्वीकार गर्दै केरूङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिदिन सहमत भएको छ । प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणओक्रममा उनले रेलमार्ग निर्माण गरिदिन गरेको आग्रहलाई चीनले स्वीकारेको हो। चीनले सहमती जनाएको नेपाली प्रस्तावमा रेलमार्ग केरूङबाट काठमाडौं हुँदै पोखरा पुग्ने र त्यहाँबाट लुम्बिनीसम्म विस्तार हुने उल्लेख छ। चीनको क्यासी नामक कम्पनीले यसअघि नै काठमाडौं(पोखरा रेलमार्ग अध्ययन गरिसकेको छ।( नागरिक दैनिकबाट)