विमानस्थल र जेलमा अझै नेपाली सेनाको सुरक्षा

चैत ८, काठमाडौं– मधेस आन्दोलनका वेला शान्तिसुरक्षाका लागि खटिएका सेना अझै ब्यारेक फर्केका छैनन्।

सरकारी कार्यालयको सुरक्षामा खटिएका करिब साढे सात सय सेना अझै त्यहीँ कार्यरत छन्। गत ७ असोजको टीकापुर घटनापछि सरकारले स्थानीय स्वायत्त शासन ऐन २०२८ अनुसार स्थानीय प्रशासनको मातहतमा बसेर काम गर्नेगरी सुरक्षाका लागि सेना खटाएको थियो।

१८ वटा जेल र पाँच विमानस्थलमा सेना

आन्दोलनका वेला सुरक्षाको जिम्मेवारी दिइएका १८ वटा कारागार तथा पाँचवटा विमानस्थलको सुरक्षामा अहिले पनि सेना नै खटिएको छ। प्रत्यक्ष रूपमा सेना खटाउन नमिलेपछि सरकारले कारागार, विमानस्थल, सरकारी कार्यालयमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्तिलाई फिल्डमा खटाएर सुरक्षाको जिम्मेवारी सेनालाई दिएको थियो।

कहाँ(कहाँ छ नेपाली सेनाको सुरक्षारु

सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीका अनुसार १८ वटा जेलमा पाँच सय ९५ तथा पाँचवटा विमानस्थलको सुरक्षामा करिब डेढ सय सैनिक खटिएका छन्।

केहीलाई २९ भदौ तथा केही स्थानमा ८ माघमा खटाइएको थियो। तराईको अवस्था शान्त भएको एक महिना बित्दा पनि सेना नै ती कार्यालयमा खटिएका छन्। जंगी अड्डाका अनुसार मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, झापा, पर्सा, महोत्तरी, भीमफेदी ९मकवानपुर०, चितवन, रौतहट, कपिलवस्तु, नवलपरासी, रूपन्देही, कास्की, बर्दिया, बाँके र दाङको घोराहीमा रहेको छ।

त्यस्तै, झापाको चन्द्रगढी, मोरङ, रूपन्देही, कास्की र बाँकेको विमानस्थलमा करिब डेढ सय सैनिक खटिएका छन्। रक्षा मन्त्रालयले स्थानीय स्वायत्त शासन ऐनअनुसार खटाइएका सबै सेना फिर्ता गर्ने निर्णय गरिसकेको छ। (नयाँ पत्रिका दैनिकबाट)