‘गोर्खालीसँग तालिवानी पनि डराउँथे’

चैत ८, काठमाडौं–नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले आइतबार राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा २५ मिनेट भएको भेटमा ह्यारीले गोर्खा सैनिकहरुले बेलायतका लागि दिएको बलिदानको प्रशंसा गरेका थिए ।

आफूले सन् २००७ मा अफगानिस्तानमा सात साता गोर्खा सैनिकसँग रहेर तालिवानसँग लडाइँ लड्दाको अनुभव सुनाउँदै ह्यारीले राष्ट्रपतिसँग भने ‘गोर्खा सैनिक जवानदेखि तालिवानी आतंकवादीसमेत डराउथे । साँच्चै गोर्खाहरु बहादुर र साहसी छन् ।’(अन्नपूर्ण पोस्ट दैनिकबाट)