प्रधानमन्त्रीको भारत भ्रमणमा १ करोड ८१ लाख खर्च

चैत ७, काठमाडौं –  अर्थ मन्त्रालयले प्रधानमन्त्र केपी ओलीको भारत भ्रमण खर्च एक करोड ८१ लाख ८६ हजार निकासा दिएको छ । ओलीले  ७(१२ फागुनसम्म भारतको राजकीय भ्रमण गरेका थिए । अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्च शीर्षकबाट पराराष्ट्र मन्त्रालयलाई रकम निकास दिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

भ्रमण दलका सदस्यको दुईतर्फी हवाई टिकट राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सबाट खरिद गरिएको थियो।

भ्रमण दलका सदस्यले तहअनुसारको दैनिक भ्रमण भत्ता अमेरिकी डलरमा पाउने व्यवस्था छ । भ्रमण दलमा सहभागी उद्योगी व्यपारीले आउने जाने र बसाइखर्च आफैँ व्यहोरेका थिए।