विदेशीले दिए, नेताले बन्द गराए

चैत ७, काठमाडौं– आत्मनिर्भर नेपाल बनाउन विभिन्न देशले विभिन्न समयमा खोलिदिएका उद्योग, कलकारखाना अधिकांश बन्द छन्, भएकाको अवस्था पनि घिटघिटो भएको खबर आजको नागरिक दैनिकमा छापिएको छ। विश्वको दोस्रो अर्थतन्त्र चीन भ्रमणमा प्रधानमन्त्री केपी ओली निस्कन लागेको सन्दर्भमा नेपाली अर्थविद यो अवस्थालाई ‘नपाउनेले केरा पायो, बोक्रैसित चपायो’, भन्ने उक्तिसित जोड्न चाहन्छन् । सरकार नेतृत्व गर्नेहरुको अक्षमताले यस्ता उद्योगधन्दा अधिकांश बन्द छन् भने बाँकी पनि धराशयी। अर्कोतिर, आफ्नै मुलुकले दिन सक्ने उपभोग्य सामाग्री अबौँ तिरेर बाहिरबाट आयात गर्नुपने अवस्था आएको छ । मुलुकलाई आत्मनिर्भर बनाउन स्थापित २३ राष्ट्रिय तहका उद्योग तथा कलकारखाना अहिले ठप्प छन्। प्रजातन्त्र पुनस्र्थापनाभएपछि २०४८ मा एकै दिन मन्त्रिपरिषद्बाट चीनसहित विभिन्न मुलुकको सहयोगमा निर्माण भएका उद्योग निजीकरण गर्ने निर्णय लियो। छिमेकी सदासयले खुलेका राष्ट्रिय उद्योगको अधोगति त्यसै दिनबाट सुरू भएको अर्थविद् बताउँछन्। नीति अभावकै कारण छिमेकीले दिएको र बनाइदिएको मुलुकका उगधन्दा बन्द भएको अर्थविद् विश्वम्भर प्याकुरेलले बताए। २०४८ को मन्त्रिपरिषदको निर्णय अनुसार निजिकरण भएका काठमाडौंको ट्रलि बस, बाँसबारी छालजुत्ता कारखाना, साझा बस, नेपाल एयरलाइन्स, भक्तपुरको चाइनिज इँटा कारखाना व्यवस्थापन गर्न नसकि बन्द भएको दशक वितिसक्यो।