सरकार परिवर्तन भए नौलो विषय नहुने ः उपप्रधानमन्त्री के.सी.

चैत ३, भक्तपुर– उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर के.सीले वर्तमान सरकार परिवर्तन भए कुनै नौलो बिषय नहुने बताए ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा नेपालका हरेक सरकारको निर्माणमा छिमेकीको प्रभाब रहने भएता पनि वर्तमान सरकार उसको इच्छा बिपरित भएकाले सकेसम्म सरकार परिवर्तनमा लागेको उनले बताए । उनले छिमेकीकै इच्छा अनुसार नेपालमा सरकार निर्माण हुने परम्पराको अन्त्य भएता पनि काँग्रेसले आफ्नो महाधिबेशनमा नाकाबन्दीका बारेमा कुनै उल्लेख नगर्नुले समेत सरकार परिवर्तनको सम्भावना रहेको बताउँदै उनले भने–२००७ साल यता झन्डै १३ सय नेपालीका सन्तान मन्त्री भइसकेका छन् ।
सहकारी नीति निर्माणमा दलालहरुको हालीमुहाली बढेको र आफू त्यसको बाधक बनेको भन्नेहरुले सहकारीलाई कमाइ खानेहरुका लागि नीति निर्माण गर्न दबाब आएता पनि आफू त्यसको बिपक्षमा रहेको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालले अन्य मूलकसँगको पारवहान सन्धिका लागि समेत बाटो खुल्नुका साथै भारतसँगको परनिर्भरताको अन्त्य हुने भन्दै उनले भारतसँग समेत सम्बन्ध सुधार गर्दे अगाडि बढ्नुपर्नेमा जोड दिए ।