ल्हारक्याल लामा सांसदबाट निलम्बित

चैत १, काठमाडौं–   एमाओवादी सांसद ल्हारक्याल लामा निलम्बित भएका छन्।

लामाको इन्भेष्टमेन्ट  बैंकमा रहेको लकरमा १४ थान गोली भेटिएपछि प्रहरीले उनलाई हातहतियार तथा खरखजनामा मुद्दा चलाएको छ ।

फौजदारी अभियोग लाग्नासाथ सांसद पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ ।

लामाको काठमाडौंको दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको शाखाको लकरमा भेटिएको गोली चाइनिज पेस्तोल ुसेभेन प्वाइन्ट सिक्स टुुको भएको पत्ता लागेको छ। अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने क्रममा आइतबार उनको लकरमा १४ राउण्ड गोली भेटिएको थियो।