ल्हारक्याल लामाले कसरी धेरै पैसा कमाए

चैत १, काठमाडौं– ल्हारक्याल प्राय पँचतारे होटेलमा बस्छन् ।  विभिन्न देशका कूटनीतिज्ञसँग उनको भेटघाट हुने गर्छ ।

यार्सागुम्बाको कारोबारमा उनी सम्लग्न छन् । गुम्बाबाट कतिपय व्यक्तिहरुलाई विदेश पठाएका उनले पैसा कमाएका छन् ।

उनीविरुद्ध ठगी को मुद्दा पनि दर्ता भएको छ। हेलम्बु ६ सिन्धुपाल्चोक घर भएका लामा सामान्य परिवारमा जन्मिएका हुन् ।

फ्रि तिब्बतका नेताहरुसँग पनि लामाले सम्बन्ध विस्तार गरे । केही वर्ष अमेरिकामा बसे । फ्रि तिब्बत गतिविधिमा लागेर उनले प्रशस्त पैसा कमाए।(नयाँ पत्रिका दैनिकबाट)