कांग्रेसमा जो हस्ती पछि परे

फागुन ३०, काठमाडौं–  कांग्रेसको १३ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यको मतगणनामा केही हस्तीहरु पछि परेका छन् ।

शनिबारसम्म गरिएको मतगणनामा २५ भित्र पर्न नसकेका हस्तीहरुको सूची लामै देखिएको छ ।

कांग्रेसभित्रै छुट्टै गुट बनाएका गोबिन्दराज जोशी, बिनयध्वज चन्द २५ मा पर्न सकेका छैनन् । पूर्वसभामुख तारानाथ भाट पनि २५ मा नआृने सम्भावना देखिएको छ । पूर्वमन्त्री चिरन्जीवी वाग्ले, उदयशमशेर राणा, रामकृष्ण ताम्राकार, मनमोहन भट्टराई पछि परेका छन् । लक्ष्मण घिमिरे  र जीपछिरिङ लामा पनि पछि परेका छन् ।(राजधानी दैनिकबाट)